Rule 10
समूहकृत हुने
: (१) यो नियमावली प्रारम्भ भएको तीन महिना भित्र नियम ७ बमोजिम सशस्त्र प्रहरी सेवा, साधारण समुह अन्तर्गत कानून र लेखा उपसमूहको दरबन्दी सिर्जना गरिनेछ र यसरी सिर्जना भएको दरबन्दीमा एक पटकको लागि सशस्त्र प्रहरी सेवा, साधारण समूहमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी मध्ये देहायको योग्यता तथा शर्त पूरा गरेका सशस्त्र प्रहरी कर्मचारीलाई देहायको आधारमा समान श्रेणी वा तहको पदमा समूहकृत गरिनेछ :–
(क) कानून उपसमूहतर्फ :–
(१) कानून बिषयमा स्नातक तह उत्तीर्ण गरेको,
(२) सम्बन्धित पदमा रही कानून सम्बन्धी कार्यमा अनुभव हासिल गरेको, र
(३) सेवा अवधि कम्तीमा पाँच वर्ष बाँकी रहेको ।
(ख) लेखा उपसमूहतर्फ :–
(१) सशस्त्र प्रहरी नायब उपरिक्षक वा सो भन्दा माथिको पदको निमित्त कम्तीमा स्नातक तह उत्तीर्ण गरी लेखा सम्बन्धी तालीम प्राप्त गरेको र लेखा सम्बन्धी काममा अनुभव हासिल गरेको,
(२) सशस्त्र प्रहरी निरीक्षक पदको निमित्त कम्तीमा स्नातक तह उत्तीर्ण गरी लेखा सम्बन्धी तालीम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लेखा सम्बन्धी तालीम प्राप्त गरेको र लेखा सम्बन्धी काममा अनुभव हाँसिल गरेको,
(३) सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक, सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदको निमित्त कम्तीमा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी लेखा सम्बन्धी तालीम हासिल गरेको र लेखा सम्बन्धी काममा अनुभव हासिल गरेको,
(४) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पदको निमित्त कम्तीमा एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी लेखा सम्बन्धी काममा कम्तीमा एक वर्षको अनुभव हासिल गरेको, र
(५) सेवा अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको ।
(२) उपनियम (१) बमोजिम कानून र लेखा उपसमूहमा समूहकृत गर्दा सो बमोजिम योग्यता हासिल गरेको र इच्छुक सशस्त्र प्रहरी कर्मचारीहरु मध्येबाट गरिनेछ ।
(३) उपनियम (२) बमोजिम समूहकृत हुन चाहने सशस्त्र प्रहरी कर्मचारीको सङ्ख्या सम्बन्धित उपसमूहमा रहेको दरबन्दी भन्दा बढी भएमा सम्बन्धित क्षेत्रमा बढी अनुभव हासिल गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पहिले समूहकृत गरिनेछ ।
(४) उपनियम (३) बमोजिम अनुभवको अवधि समान भई सो बमोजिम समूहकृत गर्न नसकिएमा सम्बन्धित विषयमा माथिल्लो शैक्षिक योग्यता हासिल गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पहिले समूहकृत गरिनेछ ।
(५) यस नियम बमोजिम साधारण समूह अन्तर्गत कानुन तथा लेखा उपसमूहमा समूहकृत नभएसम्म बढीमा एक वर्षको लागि आवश्यक योग्यता र अनुभव हासिल गरेका सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी महानिरीक्षकले कानून तथा लेखा सम्बन्धी काम गर्ने गरी तोक्नेछ ।